Rule 37
विद्युतीय स्वरूपमा कागजपत्रहरू स्वीकार गर्ने
(१) विद्युतीय स्वरूपमा कागजपत्र स्वीकार गर्न वा विद्युतीय माध्यमबाट कुनै दस्तुर वा रकम बुझ्न स्वीकार गर्न चाहने कुनै सरकारी निकायले वा नेपाल सरकारको स्वामित्वमा रहेका संस्थानहरूले आपूmले त्यस्तो कागजपत्र, दस्तुर वा रकम लिने, बुझ्ने वा स्वीकार्य हुने कुराको सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो विद्युतीय स्वरूपका कागजपत्र पठाउने विद्युतीय ठेगाना समेत सार्वजनिक गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सार्वजनिक गरिएको विद्युतीय ठेगानामा डिजिटल हस्ताक्षर सहित पठाइएको विद्युतीय स्वरूपको कागजपत्र, दस्तुर र रकम आदि त्यस्तो निकाय वा संस्थानले बुझेको वा स्वीकार गरेको मानिनेछ ।
(२) उपनियम (१) बमोजिम सार्वजनिक गरिएको विद्युतीय ठेगानामा डिजिटल हस्ताक्षर सहित पठाइएको विद्युतीय स्वरूपको कागजपत्र, दस्तुर र रकम आदि त्यस्तो निकाय वा संस्थानले बुझेको वा स्वीकार गरेको मानिनेछ ।